नेकपाको तत्कालीन बर्दिया ईन्चार्ज मिना चलाउने रिहा
काठमाडौँ , २५ बैशाख । नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन बर्दिया जिल्ला ईन्चार्ज मिना चलाउने रिहा हुनुभएकि छन । गत् भदौ २६ गते बर्दियाबाट गिरफ्तार भएकी नेतृ चलाउनेलाई सर्वोच्च अदालतको अादेश अनुसार कपिलवस्तुबाट रिहाइ गरिएको हो ।
जिल्ला प्रहरी कार्यलय कपिलवस्तुको हिरासतमा रहेकी नेतृ चलाउनेलाई अदालतको बन्दी प्रत्यक्षिकरण रिटमाथिको बहस पछि छाड्ने अादेश दिएको थियो । निवेदकको तर्फबाट बन्दीप्रतिक्षीकरणको रितमाथि बरिष्ठ अधिवक्ता एकराज भण्डारी र अधिवक्ता कान्तरिाम ढुंगाना, सन्तोष भण्डारी र लक्ष्मी (नानी) थापाले बहस गरेका थिए ।