नेकपाद्वारा भारतले कालापानी, लिपुलेक अतिक्रमण गर्दै सडक बनाएको विरोधमा चरणबद्ध सङ्घर्षको घोषणा

काठमाडौँ , २९ बैशाख । नेपाल कम्युनिस्ट पार्टीले भारतले कालापानी, लिपुलेक अतिक्रमण गर्दै सडक बनाएको विरोधमा देशव्यापी रुपमा चरणबद्ध सङ्घर्ष गर्ने भएको छ । सङ्घर्षका कार्यक्रममा बैशाख २९ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहन गर्ने , बैशाख ३१ देखि जेठ ४ गतेसम्म हस्तक्षेपका विरुद्ध पर्चा वितरण गर्ने , जेठ ५ गते देशव्यापी रुपमा मशाल जुलुश प्रदर्शन गर्ने र जेठको दोश्रो सातामा भारतीय राजदुतावासमा ज्ञापनपत्र बुझाउने र चिनिया राजदुतावासमा स्मरणपत्र बुझाउने रहेका छन ।
नेपाल कम्युनिस्ट पार्टीले देशव्यापी रूपमा आयोजना हुने सङ्घर्षमा सिङ्गो पार्टीपङ्क्तिलाई सक्रियतापूर्वक परिचालित हुन र राष्ट्रवादी जनतालाई उत्साहपूर्वक साथ दिन पनि हार्दिक अपिल समेत गरेको छ ।
सङ्घर्षका कार्यक्रम :
१) वैशाख २९ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहन गर्ने
२) वैशाख ३१ देखि जेठ ४ गतेसम्म हस्तक्षेपका विरुद्ध पर्चा वितरण गर्ने
३) जेठ ५ गते देशव्यापी रुपमा मशाल जुलुश प्रदर्शन गर्ने
जेठको दोश्रो साता
१) भारतीय राजदुतावासमा ज्ञापनपत्र बुझाउने
२) चिनिया राजदुतावासमा स्मरणपत्र बुझाउने