युवा सङ्गठन सडक संघर्षमा : मोदीको पुत्ला दहन र भारतीय दुतावासमा ज्ञापनपत्र बुझाउने
काठमाडाैं, ३० वैशाख । युवा सङ्गठन नेपालले भारतले नेपालको लिपुलेक क्षेत्रमा अतिक्रमण गरेर बाटो बनाएकोमा विरोध र भत्र्सना गर्दै संघर्षको सुरुवात गरेको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो सङ्गठनका कार्यबाहक अध्यक्ष दिनेशले एक प्रेस बिज्ञप्ति जारी गर्दै संघर्षको कार्य तालिका सार्बजनिक गरेका छन । जसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन र भारतीय दुतावासमा ज्ञापन- पत्र बुझाउने लगायत कार्यक्रम रहेको उल्लेख गरिएको छ ।
कार्यबाहक अध्यक्ष दिनेशले भारतीय साम्राज्यवादले नेपालको स्वाधीनतामाथि बारम्बार हस्तक्षेप गर्दै आएकाले त्यसको प्रतिरोध गर्न जनसमुदायलाई आह्वान समेत गरेका छन ।