कोरोनाबाट मृत्यु भएकाका परिवारलाई क्षतिपूर्ति दिन माग
काठमाडाैँ, ९ जेठ । नेपाल कम्युनिस्ट पार्टीले कोरोनाबाट मृत्यु भएकाका परिवारलाई क्षतिपूर्ति दिन माग गरेको छ । नेकपा गुल्मीले गुल्मी मदाने गाउँपालिका वडा नं. ६ निवासी कड्के देउराली प्रस्तावित निमाविका प्रधानाध्यापकको कोरोना भाइरसबाट भएको निधनप्रति श्रद्वाञ्जली व्यक्त गर्दै सो माग गरेको हो । जिल्ला इन्चार्ज सामनाले प्रेस विज्ञप्ति जारी गर्दै दिवंगत कुँवरप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेकी छिन् ।
विज्ञप्तिमा इन्चार्ज सामनाले कुँवरको मृत्युबारे सञ्चारमाध्यममा विभिन्न टीकाटिप्पणी भएको भन्दै परिवारजले घटनाबारे सत्यतथ्य छानबिन गर्न र परिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् । परिवारजनले शव बुझ्न अस्वीकार गरेको प्रतिसमेत ध्यानाकर्षण भएको उनले बताएकी छिन् । उनले अस्पतालको लापरबाहीले कुँवरको निधन भएको सत्य हो भने घटनाबारे निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न र क्षतिपूर्ति दिनसमेत जोड दिएकी छिन् ।
उनले यो घटनाले गुल्मी जिल्लामा पनि कोरोना भाइरसको जोखिम बढेको भन्दै कोरोना महामारीबाट बच्न र सचेत रहन जिल्लाबासीलाई अपिलसमेत गरेकी छिन् ।