‘जर्ज फ्लोडको पाशविक हत्या : विश्वमानवजातिकै सभ्यतामाथि चुनौती ‘
काठमाडौं , २६ जेठ । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले संयुक्त राज्य अमेरिकामा भएको जर्ज फ्लोडको पाशविक हत्या विश्वमानवजातिकै सभ्यतामाथि चुनीती भएको बताएको छ । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र नेपालका अध्यक्ष हस्तबहादुर केसीले आज एक बिज्ञप्ती जारी गर्दै सो कुरा बताएका हुन् । अध्यक्ष केसीले बिज्ञप्ति मार्फत विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको हाम्रो छाता संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र ( International Writers and Journalists Centre ) ले काला जाति भएकै कारण गोरा जातिको बाहुल्यता रहेको फासिस्ट अमेरिकी सरकारद्ववारा गरिएको जर्ज फ्लोडको गैरन्यायिक , अमानवीय , क्रुरु हत्याकाण्डको घोर विरोध र भ्रत्सना गर्दछ भन्दै राजनीतिक रुपले समस्या समाधान गर्न र सबै जातिहरुलाई सम्मान गर्न आग्रह गरेका छन । साथै उनले संयुक्त राज्य अमेरिका , युरोप , अष्ट्रेलिया लगायत विश्वका विभिन्न देशहरूमा उत्पीडित अश्वयत जनताले चलाउदै आएको न्यायपूर्ण आन्दोलनप्रति ऐक्यबद्धता समेत जाहेर गरेका छन।