सरकारविरुद्ध देशभर प्रदर्शन

२०७७ जेष्ठ ३१ गते, शनिबार

काठमाडौं, ३१ जेठ । आज पनि सरकारविरुद्ध काठमाडौंसहित देशका विभिन्न स्थानमा प्रदर्शन हुँदैछ । काठमाडौंको माइतीघर मण्डलामा दश बजेपछि सामाजिक दुरी कायम गरेर प्रदर्शन गर्ने तयारी युवाहरुको छ । प्रहरीले भने गैरकानुनी रूपमा हुने जुनसुकै हूलहुज्जत तथा भीड नियन्त्रणमा लिइने जनाएको छ । आजै सुर्खेत, झापा, नवलपरासी, भक्तपुर लगायतका स्थानमा समेत प्रदर्शन हुने बताइएको छ । प्रदर्शनमा सहभागीहरुले कोरोनाको पीसीआर परीक्षण दायरा बढाउनुपर्ने, क्वारेन्टाइन र आइसोलेसन सुधार गर्नुपर्ने, विदेशमा रहेका नेपालीलाई सुरक्षितसाथ नेपालमा ल्याइनुपर्ने माग राखेका छन् ।
त्यस्तै स्वास्थ्य सामग्री खरिद अनियमितता छानबिन हुनुपर्ने, खर्च पारदर्शी बनाउनुपर्नेलगायत मागपनि उनीहरुका छन । युवाहरुले शुक्रबार काठमाडौं उपत्यकाका साथै बुटवल, भैरहवा, कपिलवस्तु, गोरखा, तनुहँ, उदयपुर, हेटौंडा, काभ्रे, पाल्पामा प्रदर्शन गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]