नेकपाद्वारा श्याम बज्राचार्य पार्टीको संम्पर्कमा नरहेको स्पष्ट

२०७७ जेष्ठ ३१ गते, शनिबार

काठमाडौँ, २९ जेठ । नेपाल कम्युनिस्ट पार्टी ललित्तपुरले ललितपुर जिल्ला बंगलामुखी मन्दिर नजीकबाट पक्राउ परेका श्याम बज्राचार्यको समाचारले हाम्रो पार्टी जिल्ला समिति ललितपुरको ध्यान आकर्षित भएको जनाउदै बम विस्पोट गर्न लाग्दा समातिएका नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा कतै जिल्ला सदस्य भनि संम्प्रेषण गरीएका समाचार पूर्ण रुपमा झूटो रहेको कुरा प्रष्ट पारेको छ । श्याम बज्राचार्य विगत लामो समयदेखि सो पार्टीको संम्पर्कमा नरहेको भन्दै भ्रामक र तथ्यहिन समाचार संप्रेषर्ण गरी मानव अधिकारको हनन् नगर्न, साथै साँचो सत्य समाचारको जड सम्म पुगी स्वतन्त्र नागरीकलाई अन्याय हुन नदिन मद्धत गर्न आग्रह समेत गरेको छ । सो पार्टीको ललितपुर सेक्रेटरी विदुषीले आज एक बिज्ञप्ति जारी गर्दै सो आग्रह गरेकी हुन् ।
उनले एसएसपी टेकप्रसाद राईलाई पनि जन्ताको सामान्य नागरीक भएर बाँच्ने अधिकारको हनन गर्ने नागरीको चरित्र हत्या गर्ने खालका अभिव्यक्ति दिने र एक राजनितिक पार्टीमा आस्था राखेको आधारमा, एक स्वतन्त्र नागरीक भएर जिउने अधिकारको हनन्गर्दै अन आवश्येक खानतलासि गर्ने, घर घेर्ने धरपकट गर्ने तथा सारीरीक मानसीक यतना दिने काम तुरुन्त रोकी देशको रक्षा जन्ताको सुरक्षामा लाग्न आग्रह गरेकी छन ।
यस बिषयमा नेपाल कम्युनिस्ट पार्टी ललित्तपुरको सेक्रेटरी विदुषीले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ – “यति बेला मानब जातिको अस्तित्वलाई नै संकट पार्ने गरी तीब्र रुपमा (कोभीड १९ ) कोरोना भाइरसको माहामारी विश्व भरी फैलिएको छ । यसको माहामारीबाट नेपाल पनि चरम जोखिममा रहेको छ । यो माहामारीमा मानविय संम्बेदनालाई ध्यानमा राख्दै हाम्रो पार्टी केन्द्रीय समितिले एक प्रेस विज्ञप्ती जारी गरी, पार्टीका नेता कार्यक्रर्ताहरुलाई ठूला संघर्षका संम्पूर्ण कामहरु रोकी देशको रक्षा र जन्ताको सेवामा लाग्न निर्देशन गरेको कुरा विदितैछ । यो माहामारीमा जन्ताको उचित व्यवस्थापन रोगको रोक्थाम तथा जन्ताको स्वास्थ्य अबस्थाको चेक जाँच भन्दा पनि के.पी. पि.के. सरकार हाम्रो पार्टीका नेता कार्यक्रर्ताको निगरानि र धरपकटमा लागीपरेको छ र कथित मिडियाहरु पनि भ्रामक समाचारहरुको संप्रेषर्ण गर्ने होड बाजीमा छन्।
यहि मिति २०७७–२–३० र ३१ गते लगातार मिडीयहरुमा आई रहेको समाचार ललितपुर जिल्ला बंगलामुखी मन्दिर नजीकबाट पक्राउ परेका श्याम बज्राचार्यको समाचारले हाम्रो पार्टी जिल्ला समिति ललितपुरको ध्यान आकर्षित भएको छ । बम विस्पोट गर्न लाग्दा समातिएका नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा कतै जिल्ला सदस्य भनि संम्प्रेषण गरीएका समाचार पूर्ण रुपमा झूटो रहेको कुरा पनि अबगत गराउँदछाँै । श्याम बज्राचार्य विगत लामो समय देखी हाम्रो पार्टीको संम्पर्कमा नरहेको कुरा पनि अबगत गराउदछौँ । साथै रातोपार्टी लगायतका मिडीयाहरुलाई भ्रामक र तथ्य हिन समाचार संप्रेषर्ण गरी मानव अधिकारको हनन् नगर्न, साथै साँचो सत्य समाचारको जड सम्म पुगी स्वतन्त्र नागरीकलाई अन्याय हुन नदिन मद्धत गर्न अनुरोध गर्दछौँ ।
त्यसैगरी के.पी. सरकारका मतियार एसएसपी टेक प्रसाद राईलाई पनि जन्ताको सामान्य नागरीक भएर बाँच्ने अधिकारको हनन गर्ने नागरीको चरित्र हत्या गर्ने खालका अभिव्यक्ति दिने र एक राजनितिक पार्टीमा आस्था राखेको आधारमा, एक स्वतन्त्र नागरीक भएर जिउने अधिकारको हनन्गर्दै अन आवश्येक खानतलासि गर्ने, घर घेर्ने धरपकट गर्ने तथा सारीरीक मानसीक यतना दिने काम तुरुन्त रोक्न नीर्देशन गर्दछौँ । साथै देशको रक्षा जन्ताको सुरक्षामा लाग्न निर्देशन गर्दछौँ ।”

प्रतिक्रियाहरु

[anycomment]