एमसीसीविरुद्ध र्याली र बिरोध सभा सम्पन्न

२०७७ असार १२ गते, शुक्रबार

काठमाडौँ , १२ असार । नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल नवलपुरले कावासोतीमा राष्ट्रघाती एमसीसीबिरुद्ध सिठी र लाठी जुलुस सहित मोटरसाइकल र्याली सम्पन्न गरेको छ ।
नेपालको संसदीय पुँजीवादी दलाल सरकार र त्यसका मतियारहरुले एमसीसी पास गरेर अमेरिकी सेना नेपालमा भित्त्र्याउने षड्यन्त्र गरेको भन्दै एमसीसी परियोजनाविरुद्ध युवाहरुले र्याली सम्पन्न गरेका हुन् ।
र्याली पछि आयोजित सभालाई सम्बोधन गर्दै युवा संगठन नेपाल नवलपुरका अध्यक्ष अबिनासले राष्ट्रघाती एमसीसी परियोजना नेपालमा लागु भए देश सधैकालागि पराधिन हुने भन्दै दलाल सत्ताका मतियारहरुले अमेरिकी डलरमा राष्ट्रियता बेच्न लागेकोले सवै युवाहरु एकजुट भएर आन्दोलन गर्नुपर्ने बताए । कावासोतीको डन्डा बजारमा सम्पन्न उक्त कार्यक्रममा नवलपुरका सबै पालिकाबाट उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नयाँ दल दर्ता गर्ने समय सकिदै

२०८२ मंसिर १ गते, आईतवार

२ लाख ५७ हजार ५०५ नयाँ मतदाता

२०८२ कार्तिक ३० गते, शनिबार