‘ जियाको निधनले अफगानिस्तान र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा गंभीर क्षति ‘
काठमाडौं, १५ असार । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र नेपालले कम्युनिस्ट पार्टी ( माओवादी ) अफगानिस्तानका अध्यक्ष कमरेड जियाको हृदयाघातका कारण ६८ वर्षको उमेरमा असामयिक निधन भएको खबरले मर्महात तुल्याएको बताउएको छ । उसले जियाप्रति हार्दिक श्राध्दान्जली अर्पण गर्दै त्यहाँ क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरु , आम पार्टी पंक्ति , अफगानिस्तानका क्रान्तिकारी जनता र कमरेड जियाका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना समेत ब्यक्त गरेको छ । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र नेपालका अध्यक्ष हस्तबहादुर केसीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै श्राध्दान्जली र समवेदना ब्यक्त गरेका हुन् ।
यस बिषयमा अध्यक्ष केसीले जारी गरेको प्रेस विज्ञप्तिको पूर्ण बिबरण यस प्रकार रहेको छ -“यही २० जुन २०२०मा पार्टीद्वारा जारी गरिएको प्रेस विज्ञप्ति बमोजिम कम्युनिस्ट पार्टी ( माओवादी ) अफगानिस्तानका अध्यक्ष कमरेड जियाको हृदयाघातका कारण ६८ वर्षको उमेरमा असामयिक निधन भएको खबरले विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र , काठमाडौं , नेपाललाई मर्महात तुल्याएको छ ।
कमरेड जियाको निधनको यस दुखत घडीमा हाम्रो संगठन र हामी क्रान्तिकारी लेखक तथा पत्रकारहरुले जियाप्रति हार्दिक श्राध्दान्जली अर्पण गर्दछौ । र त्ययहाँ क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरु , आम पार्टी पंक्ति , अफगानिस्तानका क्रान्तिकारी जनता र कमरेड जियाका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौ ।
साथै हाम्रो संगठनले कमरेड जियाको असामयिक निधनले कम्युनिस्ट पार्टी ( माओवाद ) अफगानिस्तान र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा समेत गंभीर क्षति पुर्याएको ठहर गर्दछ ।
र , संगठन र विश्विभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुले विश्व कम्युनिस्ट कम्युनिस्ट आन्दोलनले एक क्रान्तिकारी योध्दा तथा असल अभिभावक गुमाएको संश्लेषण गरेको छौ ।
अन्त्यमा हाम्रो संगठन र हामी विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारले कमरेड जियाले देखाउनु भएको क्रान्तिकारी बाटोमा अविचलित भएर अगाडि बढिरहनेछौ भन्ने प्रतिबध्दता जारेर गर्न चहान्छछौ।”