शरीरमा ‘एमसीसी खारेज गर ‘भन्ने नारा लेखेर एमसीसीविरुद्ध प्रदर्शन
काठमाडौँ , १६ असार । नेपाल कम्युनिस्ट पार्टी रुकुम पश्चिमले एमसीसी खारेज गर्न माग गर्दै प्रदर्शन गरेको छ । सो पार्टी रुकुम पश्चिमको आयोजनामा युवाहरूले शरीरमा एमसीसी खारेज गर ! भन्ने नारा लेखेर प्रदर्शन गरेका हुन् । पश्चिम रुकुमका विभिन्न ठाउँको परिक्रमा गर्दै प्रदर्शन गरिएको समाचारमा जनाइएको छ ।