कांग्रेसद्वारा क्वारेन्टिनको मापदण्ड सुधार गर्न र पीसीआर परीक्षणको दायरा बढाउन माग

२०७७ असार १६ गते, मंगलवार

काठमाडौँ , १६ असार । नेपाली कांग्रेसले क्वारेन्टिनको मापदण्ड सुधार गर्दै पीसीआर परीक्षणको दायरा बढाउन सरकारको ध्यानाकर्षण गराएको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले गठन गरेको कोरोनापछिको उत्पन्न परिस्थितिको अनुगमन समितिका संयोजक तथा पार्टीका सहमहामन्त्री प्रकाशशरण महतको नेतृत्वको टोलीले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेटेर ध्यानाकर्षण गराएका हुन् ।
काँग्रेसले क्वारेन्टिन मापदण्ड अनुसार नरहेको, पीसीआर परीक्षणले ब्यापकता पाउन नसकेको, कोरोना बाहेक अन्य स्वास्थ्य समस्या भएका विरामीले सुविधा पाउन नसकेको, खरिद प्रकृया अपारदर्शी भएको र केन्द्रले स्थानीय तहलाई आवश्यक रकम समेत नदिएको विषयमा ध्यानाकर्षण गराएको हो । उक्त अबसरमा मन्त्री ढकालले प्रतिदिन १० हजार पीसीआर परीक्षण गर्नेगरी काम अघि बढाएको र बाहिर समाचार आएजस्तै अनियमितता नभएको र त्रुटी भए छानविनका लागि तयार रहेको बताएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]