गौतमलाई तत्काल रिहा नगरिए प्रशासन र जनप्रतिनिधिहरुलाई जनअदालतमा उभ्याउने चेतावनी

२०७७ असार २९ गते, सोमबार

काठमाडाैँ , २९ असार । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले फरक राजनैतिक आस्थाका आधारमा गिरफ्तार गरिएका आफ्नो पार्टीका बाग्मती गाउँपालिका सक्रेटरी प्रल्हाद गौतमलाई रिहा गर्न माग गरेको छ । जिल्ला सेक्रेटरी पासाङले आइतबार प्रेस विज्ञप्ति जारी गरी गौतमलाई रिहा नगरिए आफ्नो पार्टीको जनसत्ताले दलाल संसदीय ब्यवस्थाका मतियार बनेका प्रशासन र जनप्रतिनिधिहरुलाई गिरफ्तार गरी जनअदालतमा उभ्याउने चेतावनी दिएका छन् ।
सेक्रेटरी पासाङको विज्ञप्तिमा देशका ठुला भ्रष्टाचारी कमिसनखोरी र कर्पोरेटहरुको हित र स्वास्र्थको लागि नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ताहरुलाई झुटा मुद्दामा फसाउने र गिरफ्तार गर्ने गरेको कुरा उल्लेख छ । प्रहरीले प्रल्हादलाई राती घरमा सुुतिरहेको अवस्थामा गिरफ्तार गरेको नेकपाले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु