अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रद्वारा वरवर रावको जीवन रक्षाका निम्ति आवाज बुलन्द गर्न आव्हान

काठमाडौं । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले ८१ वर्षीय माक्र्सवादी चिन्तक एवम् विश्व प्रशिध्द तेलगु क्रान्तिकारी कवि तथा भारतीय जनताका बुध्दिजीवी वरवर रावको जीवन रक्षाका निम्ति आवाज बुलन्द गर्न विश्वभर क्रियाशील मानवअधिकारवादी संघ- संगठनहरु , लेखक तथा पत्रकारहरु, साहित्यकारहरु ,विद्वानहरु , बुध्दिजीवीहरु समक्ष हार्दिक आह्वान गर्दै उनको शीघ्र र बिना सर्त रिहाइका लागि भारतीय फासीवादी नरेन्द्र मोदी सरकार समक्ष जोडदार माग गरेको छ। सो केन्द्रका अध्यक्ष हस्तबहादुर केसीले बिज्ञप्ति जारी गर्दै सो माग गरेका हुन् ।
यस बिषयमा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र, काठमाडौं , नेपालका अध्यक्ष हस्तबहादुर केसीले जारी गरेको बिज्ञप्ति यस्तो छ – “हाम्राे विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र भीमकोरेगाऊँ घटनासित जोडेर , माओवादी हुनुको अभियोग लगाएर भारतको नवी मुम्बईस्थित तलोजा लगातार २२ महिनादेखि जेलमा कैद गरिनु भएका ८१ वर्षीय माक्र्सवादी चिन्तक एवम् विश्व प्रशिध्द तेलगु क्रान्तिकारी कवि तथा भारतीय जनताका बुध्दिजीवी वरवर रावको जीवन रक्षाका निम्ति आवाज बुलन्द गर्न विश्वभर क्रियाशील मानवअधिकारवादी संघ- संगठनहरु , लेखक तथा पत्रकारहरु, साहित्यकारहरु ,विद्वानहरु , बुध्दिजीवीहरु समक्ष हार्दिक आह्वान गर्दछ र उहाँको शीघ्र र बिना सर्त रिहाइका लागि भारतीय फासीवादी नरेन्द्र मोदी सरकार समक्ष जोडदार माग गर्दछ र मानवअधिकारकार सम्बन्धि जेनेभा अभिसन्धिको पूर्ण पालना गर्न आग्रह गर्दछ ।
साथै जेलमै कोरोना संक्रमितलाई चुपचाप हत्या गर्ने योजनामा लागेको हिन्दुवादी भारतीय फासीवादी सत्ताको कुनिषतलाई पर्दाफास गर्दै यसैै बीच स्वास्थ्ययोपचारका साथै अविलम्ब रिहाइको माग गर्दै भारत , नेपाल लगायत विश्वका माक्र्सवादी लेखक , पत्रकारहरुले आवाज उठाइरहेका र विभिन्न संघसंस्थाहरुले सामुहिक पहलका साथ अभियानकै रुपमा दवाव दिइरहेको वर्तमान अवस्थामा यस अभियानप्रति हाम्राे संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र , काठमाडौं , नेपाल ऐक्यबद्धता जाहेर गर्दछ। “