नेपाल कम्युनिस्ट पार्टी बैतडीद्वारा सुदुरपश्चिम वन्दको पुर्वसन्ध्यामा मशाल जुलुस !

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी,बैतडीले पुर्व निर्धारित कार्यक्रम अनुसार सुदुरपश्चिम वन्दको पुर्वसन्ध्यामाआज साँझ मशाल जुलुस कार्यक्रम सम्पन्न गरेको छ । पुर्चौंडी,डिलाशैनि,दोगडा केदार,पाटन लगायत जिल्लाका विभिन्न स्थानहरुमा कार्यक्रमहरु भएका छन् । कोभिड-१९,वाढी,पहीरोका कारण आक्रान्त भएका जनताहरुको उद्दार,राहत वितरण,मनोवैज्ञानिक परामर्श र सचेतना कार्यक्रम सन्चालन गरीरहेको अवस्थामा पनि आफ्ना पार्टीका नेता कार्यकर्ताहरु माथिको गिरफ्तारी,धर पकड,झुठा मुद्दा लगाउने काम राज्य पक्षबाट नरोकीएको विरोधमा कोण सभा,मशाल जुलुस सहीत भोली ६ गते सुदुर पश्चिम वन्द,७,८ गते सरकारी सवारी साधन माथि प्रतिवन्ध लगाईएको हो । गिरफ्तार गरीएका पार्टीका केन्द्रीय सदस्य एवं सेती महाकाली व्युरो इन्चार्ज ओम प्रकाश पुन,व्युरो सदस्य पुर्णिमा लगायत वैतडीका हिरासतमा रहेका जिल्ला सदस्य लोकेन्द्र धामि,करण ऐरको विना सर्त स-सम्मान रिहाईको माग गरिएको छ । साथै,वन्द सहितका संघर्षका कार्यक्रमहरु सफल पार्न किसान, मजदुर, व्यापारी, व्यवसायी, युवा, विद्यार्थी, वुद्विजिवि,कर्मचारी,सुरक्षाकर्मि,पत्रकार,देशभक्त राष्ट्रवादी प्रगतीशिल सम्पुर्णमा सहयोगका लागि आह्वान गरिएको छ ।