दलित मुक्ति मोर्चाका केन्द्रीय सचिवालय सदस्य हरि नेपालीलाई तत्काल रिहा गर्न माग

काठमाडौँ । दलित मुक्ति मोर्चा नेपालका अध्यक्ष डम्बरबहादुर बिश्वकर्माले उक्त मोर्चाका केन्द्रीय सचिवालय सदस्य हरि नेपालीलाई साउन ४ गते साँझ काठमाडौंबाट प्रहरीले गिरफ्तार गरेको बताएका छन । अध्यक्ष डम्बरबहादुर बिश्वकर्माले उनलाई संयुक्त राजनीतिक दलित संघर्ष समिति तथा दलित नागरिक समाजद्वारा संयुक्तरुपमा आयोजित रुकुम पश्चिम सोतीनरसंहार बारे रास्ट्रिय मानवअधिकार आयोगका अध्यक्षको प्रमुख आतिथ्यमा मानवअधिकारकर्मी तथा सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रम परिसर पुरानो बानेश्वर बत्तीसपुतलीबाट गिरफ्तार गरिएको बताउदै रकारको यस प्रकारको रवैयाले सिङ्गो मोर्चा पंक्तिलाई स्तब्ध एवं आक्रोशित बनाएको बताएका छन । उनले हरिको गिरफ्तारीको घोर निन्दा एवं भत्सर्ना गर्दै ,रास्ट्रिय स्वाधीनता,जनाधिकार, सामाजिक न्याय रसमानताका लागी संघर्षरत हरिलगायत सम्पूर्ण गिरफ्तार नेता कार्यकर्ताहरुलाई बिनाशर्त रिहाई गर्न जोडदार माग समेत गरेका छन ।
यस बिषयमा दलित मुक्ति मोर्चा नेपालका अध्यक्ष डम्बरबहादुर बिश्वकर्माले जारी गरेको विज्ञप्ति यस प्रकार रहेको छ -“हाम्रो गौरवशालीसंगठन दलित मुक्तिमोर्चा नेपालका केन्द्रीय सचिवालय सदस्य हरि नेपालीलाई यही साउन ४ गते साँझ काठमाडौंबाट प्रहरीले राजनीतिक पूर्वाग्रहका कारण गिरफ्तार गरेको छ। उहाँलाई संयुक्त राजनीतिक दलित संघर्ष समिति तथा दलित नागरिक समाजद्वारा संयुक्तरुपमा आयोजित रुकुम पश्चिम सोतीनरसंहार बारे रास्ट्रिय मानवअधिकार आयोगका अध्यक्षको प्रमुख आतिथ्यमा मानवअधिकारकर्मी तथा सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रम परिसर पुरानो बानेश्वर बत्तीसपुतलीबाट गिरफ्तार गरिएको हो।दलित समुदाय माथि देशव्यापी भैरहेका जातीय दमन र हत्याका विरुद्ध न्यायपूर्ण आन्दोलनमा रहेको हाम्रो मोर्चाका नेता-कार्यकर्तामाथि भैरहेको यस्तो गिरफ्तारीले वली सरकार दलित अधिकार र मुक्ति विरोधी रहेको पुष्टी हुन्छ ।
सामाजिक फासीवादी वली सरकारले एकातिर विभिन्न माध्यमबाट सम्पर्क गर्ने, वार्ता, भेटघाटका प्रचार गर्ने, अर्कोतिर हाम्रा नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरिरहेकाले उसको तानाशाही, जनविरोधी एवं शान्तिविरोधी तथा षडयन्त्रकारी चरित्र उदाङ्गो भएको छ।वली सरकारले गरिरहेको यसखाले फासिस्ट दमन एवं धरपकडका विरुद्ध विशेष आवाज उठाउन हामी सबै राजनीतिक भातृसंगठन, मानवअधिकारवादी, कानूनविद, बुद्धिजीवी, पत्रकार, नागरिक समाज रआमजनतालाई विशेष आग्रह गर्न चाहन्छौं ।
सरकारको यस प्रकारको रवैयाले सिङ्गो मोर्चापंक्तिलाई स्तब्ध एवं आक्रोशित बनाएको छ। कमरेड हरिको गिरफ्तारीको हामी घोर निन्दा एवं भत्सर्ना गर्दछौं ।साथै,रास्ट्रिय स्वाधीनता,जनाधिकार, सामाजिक न्याय रसमानताकालागी संघर्षरत हरिलगायत सम्पूर्ण गिरफ्तार नेता कार्यकर्ताहरुलाई बिनाशर्त रिहाई गर्न पनि जोडदार माग गर्दछौं ।अन्य”था हामी देशव्यापी प्रतिरोध संघर्षमा उत्रिन बाध्य हुने र त्यसको जिम्मेवार सरकार स्वयं हुनुपर्ने चेतावनी पनि हामी यसै विज्ञप्तिमार्फत दिन चाहन्छौं । “