कम्युनिस्ट नेता बरमन बुढाकाे निधन !

काठमाडाैं । कम्युनिस्ट नेता बरमन बुढाकाे उपचारको क्रममा निधन भएकाे छ । ९० बर्षिय बुढाकाे आज बिहान साढे ४ बजे पाटन अस्पतालमा निधन भएको हो । लामो समय कम्युनिष्ट राजनीति गरेका बुढा पूर्वसांसद हुन्। बुढा २०४८ सालमा भएको आम निर्वाचनमा संयुक्त जनमोर्चाको तर्फबाट रोल्पा क्षेत्र नंबर १ बाट विजयी भएका थिए ।
पछिल्लो समय ललितपुर एकान्तकुनामा छोरीसँग बस्दै आएका उनि क्यान्सर रोगबाट पीडित थिए । एक हप्ता अघिदेखि उनलाई जन्डिसले पनि च्यापेको थियो ।