जनअधिकार अभियानद्वारा मानवअधिकारको रक्षा गर्न माग

काठमाडौँ । जनअधिकार अभियान नेपालले सुकुम्बासीका घरहरुमा आगो लगाउने ,उनीहरुलाई निर्धात कुटपिट गर्ने कार्यले मानवअधिकारको गम्भीर उल्लंघन भएको बताउँदै उक्त कायरतापूर्ण घटनामा संलग्न दोषीमाथि कडाभन्दा कडा कारवाही गर्न माग गरेको छ। जनअधिकार अभियान नेपालका अध्यक्ष एकराज भण्डारीले आज एक विज्ञप्ति जारी गर्दै सो माग गरेका हुन् । अध्यक्ष भण्डारीद्वारा जारी विज्ञप्तिमा आगामी दिनमा यस्ता प्रकारका घटना हुन नदिन र जनताको मौलिकहकको ग्यारेन्टी गरी मानवअधिकारको रक्षा गर्न नेपाल सरकार र सम्बन्धित पक्षसँग जोडदार माग गरिएको छ ।