‘प्रशान्तलाई बिनासर्त तत्काल रिहा गर’

२०७७ श्रावण २७ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी काभ्रेले यही २२ गते जिल्लाको रोशी गाउँपालिका ५ बाट पार्टीका काभ्रे जिल्ला सदस्य प्रशान्तलाई प्रहरीले बिनाकारण गिरफ्तार गरेकोमा खेद तथा भत्र्सना गर्दै उनलाई तत्काल बिनासर्त तत्काल रिहा गर्न माग गरेको छ । सो पार्टीका सेक्रेटरी प्रकाशले जारी गरेको विज्ञप्तिमा निर्दोष कार्यकर्ताको रिहाइका लागि पहल गरिदिन कानुन व्यवसायी, सञ्चारकर्मी, मानवअधिकारकर्मीलगायतलाई आग्रह गरिएको छ ।
प्रकाशद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राज्यको यस किसिमको गिरफ्तारी, हत्या र दमन स्वयम् सामाजिक फासिवादी केपी वली सरकारलाई नै भारी पर्दै जानेछ । हेक्का रहोस्, सत्ताको फासिस्ट र दमनकारी यी दिनहरू सधैँ तिम्रो अनुकूल रहिरहने छैनन् ।’

प्रतिक्रियाहरु

[anycomment]