कोरोनाबाट विजय प्राप्त गर्न वैज्ञानिक समाजवाद

काठमाडौं । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र , नेपालका अध्यक्ष हस्तबहादुर केसीले आज एक बिज्ञप्ति जारी गर्दै प्राकृतिक प्रकोपहरु र वर्गीय शोषण तथा उत्पीडनबाट सदाका लागि विजय प्राप्तिका लागि विश्व मानव समुदाय वैज्ञानिक समाजवाद प्राप्तिको लडाइँमा लामबध्द हुनुको विकल्प नभएको बताएका छन । उनले कोरोना भाइरस ( COVID – 19 ) को संक्रमण र महामारीबाट विश्व मानव जातिलाई बचाउन साम्राज्यवादमा गिरिसकेको पुँजीवाद र त्यसको मक्कि सकेको पुरानो संसदीय व्यवस्था असफलसिध्द भइसकेको ठोकुवा समेत गरेका छन ।
अध्यक्ष केसीद्वारा जारी बिज्ञप्तिमा भनिएको छ – ” चीनको वुहानबाट पैदा भई विश्विव्यापी रुपमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस ( COVID – 19 ) को संक्रमण र महामारीबाट विश्व मानव जातिलाई बचाउन साम्राज्यवादमा गिरिसकेको पुँजीवाद र त्यसको मक्कि सकेको पुरानो संसदीय व्यवस्था असफलसिध्द भइसकेको छ । किनभने पुँजीवादीहरुको संसदीय व्यवस्था दलालहरुको सरकार सञ्चालन गर्ने शासन प्रणाली हो ।
यो व्यवस्था जनतालाई समस्या परेको बेला त्यसको समाधान गर्नतिर गंभीर बन्ने र जनतालाई माया गर्ने र अविभावकत्व प्रदान गर्नुको सट्टा रमिते बन्न पुग्दछ । आज यस पुँजीवादी व्यवस्थाको जनविरोधी रवैया र गैरजिम्मेवारपनाका कारण विश्वभर लाखौं मानिसहरु ज्यान गुमाउन बाध्ये भएका छन् र यो जोखिम यथावतै छ । यी परिघटनाहरुका कारण आज यस पुँजीवादी व्यवस्थाले जनतालाई माया र संरक्षण गर्न सक्तैैै भन्ने कुरा प्रमाणित भइसकेको छ ।
अहिले कोरोना भाइरस ( COVID 19 ) जस्तो खतर्नाक महामारीबाट जनतालाई बचाउन र सुरक्षित राख्न हरसम्भव उपाय , श्रोत , साधन र क्षमता लगाउनुपर्ने बेला विश्व पुँजीवादी संसदीय व्यवस्था रमिते मात्र बन्न पुगेनकि जिम्मेवारीबाट समेत पन्छिएको छ । जसका कारण विश्व जनताले कोरोनाको जोखिमबाट सास्ती भोग्नु परेको छ ।
यस प्रकारको जटिल विश्व परिस्थितिमा कोरोना भाइरस ( COVID – 19 ) बाट विश्व मानव जातिले विजय प्राप्त गर्नका लागि हाम्रो विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा प्रत्रकारहरुको छाता संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र वैज्ञानिक समाजवाद एक मात्र विकल्प भएको ठहर गर्द्छ ।
त्यसैले प्राकृतिक प्रकोपहरु र वर्गीय शोषण तथा उत्पीडनबाट सदाका लागि विजय प्राप्तिका लागि विश्व मानव समुदाय वैज्ञानिक समाजवाद प्राप्तिको लडाइँमा लामबध्द हुनुको विकल्प छैन ।”
