नेकपाद्वारा बाढीपिडितलाई राहत र क्षतिपूर्तिको माग

२०७७ भाद्र ३ गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले बाढीमा परी बेपत्ता भएकाहरूको खोजी गर्न, घाइतेहरूको निःशुल्क उपचार गर्न र ज्यान गुमाएकाहरूका परिवारलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेको छ । सो पार्टीको जिल्ला समिति अछामले कैलास खोलामा आएको बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेको छ ।
नेकपा अछाम जिल्ला इन्चार्ज नवीन र सेक्रेटरी आखिरले जारी प्रेस विज्ञप्तिमा बाढीपहिरोको जोखिममा रहेका बस्तीहरूलाई उपयुक्त स्थान छनोट गरी स्थानान्तरण गर्न पनि नेकपा अछामले माग गरेको छ । मङ्गलबारदेखिको अविरल वर्षापछि कैलास खोलामा आएको बाढीले बगाउँदा रामाशोसन ५ सैनीका ६ जनाको मृत्यु भएको छ भने १७ जना अझै हराइरहेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]