ब्युरो सदस्य राईलाई चाहनाअनुसार पार्टी जिम्मेवारीबाट मुक्त

२०७७ भाद्र १३ गते, शनिबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी जनकपुर ब्युरोले स्वास्थ्य समस्याका कारण पार्टीमा काम गर्नसक्ने अवस्था नरहेको भन्दै ब्युरो सदस्य केदार राईलाई पार्टी जिम्मेवारीबाट मुक्त गरेको छ । जनकपुर ब्युरो इन्चार्ज अरुणले शनिबार प्रेस वक्तव्य जारी गर्दै स्वास्थ्य समस्या र उनको चाहनाअनुसार पार्टीको सबै प्रकारका जिम्मेवारीबाट बिदा दिइएको जानकारी गराएका हुन् । राई विगतमा पार्टीको विभिन्न जिम्मेवारी र विभिन्न जिल्लामा इन्चार्जको समेत जिम्मेवारी समालिसकेको अरुणको वक्तव्यमा उल्लेख छ ।

प्रतिक्रियाहरु

[anycomment]