माेटरसाइकलमा लिफ्ट दिदा गिरफ्तार !

काठमाडौं । सल्यानमा माेटरसाइकलमा लिफ्ट दिएका कारण एक सर्बसाधारणलाई प्रहरीले गिरफ्तार गरेको छ । युवा संगठन नेपाल सल्यानका जिल्ला सदस्य प्रकाश गिरी र अाफ्नाे कामकाे सिलसिलामा गएका माेटरसाइकल लिफ्ट दिएका सर्बसाधारण गाेरख के.सी लाई प्रहरीले गिरफ्तार गरेको हो । नेपाल कम्युनिस्ट पार्टी सल्यानका जिल्ला सेक्रेटरी तुफानले विज्ञप्ति जारी गरि मानवअधिकार उल्लंघन गरि गिरफ्तार गरिएका उहाँहरुलाई रिहाइ गर्न जाेडदार माग गर्दै अन्यथा यसबाट उत्पन्न परिस्थितिकाे जिम्मेवार राज्य स्यंवम हुने चेतावनी समेत दिएका छन । सल्यानबाट प्रतिबन्धपछि मात्र राजनीतिक अास्थाका अाधारमा करिब ३ दर्जन नेता कार्यकर्ता गिरफ्तार भएको जानकारी गराउदै पछिल्लाे चरण अाफ्नाे पार्टीले काेराना भाइरसकाे उच्च सर्तकता अपनाउदै जिल्ला व्यापी बाढी र पहिरोले पुर्याएकाे क्षतिमा निरन्तर राहत तथा उद्दारमा लागि स्थानीय स्तरमा उल्लेख्य कामहरू गरिरहेकाे विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ -‘शासकहरुकाे दमनले जनताको अावाज नराेकिएकाे स्मरण गर्दै फाँसिवादी शासककाे दमनको प्रतिरोध गर्दै एकीकृत जनक्रान्तिका पक्षमा निरन्तर संघर्षमा हाेमिन पार्टी पंक्ति र अाम जनसमुदायहरुमा अपिल गर्दछौं ।’
प्रेस विज्ञप्तिकाे पूरा पाठ –
“हाम्रो गाैरवशाली नेपाल कम्युनिस्ट पार्टी दलाल संसदीय व्यवस्था काे खारेज गर्दै जनताको वैज्ञानिक समाजवादी व्यवस्था का निम्ति निरन्तर संघर्षरत छ । अादरणीय जनसमुदाय देशमा दलाल फाँसीवादी सरकारका कारण देशमा भ्रष्टाचार ,तष्करि ,चरणबद्ध राष्ट्रघात ,सयौं काण्डहरु गर्दै जनताको जनजिविका चरम कष्टकर र काेरना नियन्त्रणमा पनि सरकार असफल बनेको छ ।देशमा दुई तिहाईकाे नामकाे कथित कम्युनिस्ट सरकारले जनताको र राष्ट्रकाे मुद्दा बाेल्ने पार्टी माथि कथित प्रतिबन्ध गरि देशभर हत्या ,गिरफ्तारी कु्र दमन गर्दै झुट्टा मुद्दा लगाइरहेको छ ।सल्यानबाट कथित प्रतिबन्ध पछि मात्र राजनीतिक अास्थाका अाधारमा करिब ३ दर्जन नेता कार्यकर्ता गिरफ्तार भएका छन। ।पछिल्लाेचरण हाम्रो पार्टी काेरना भाइरस काे उच्च सर्तकता अपनाउदै जिल्ला व्यापि बाढी र पहिरोले पुर्याएकाे क्षतिमा निरन्तर राहत तथा उद्दारमा लागि स्थानीय स्तरमा उल्लेख्य कामहरू पनि भएका छन । साेही क्रममा पार्टी निकट युवा संगठनका जिल्ला सदस्य प्रकाश गिरीर अाफ्नाे कामकाे सिलसिलामा गएका माेटरसाइकल लिफ्ट दिएका सर्बसाधारण नागरिक गाेरख के.सी लाई गिरफ्तार गरि मानवअधिकार काे उलंघन गरिएको छ ।उहाँहरुकाे रिहाइ गर्ने जाेडदार माग गर्दछौं ।अन्यथा यसबाट उत्पन्न परिस्थिति काे जिम्मेवार राज्य स्यंवम हुनेछ ।हत्यारा शासकहरुकाे दमनले जनताको अावाज नराेकिएकाे स्मरण गर्दै फाँसिवादी शासककाे दमनको प्रतिरोध गर्दै एकीकृत जनक्रान्तीका पक्षमा निरन्तर संघर्षमा हाेमिन पार्टी पंक्ति र अाम जनसमुदायहरुमा अपिल गर्दछौं । “