कांग्रेस नेता पौडेलद्वारा छुट्टै भेला आयोजना

२०७७ भाद्र २० गते, शनिबार

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले विभाग गठनको काम नरोकेपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले छुट्टै भेला बोलाएका छन ।
सभापति देउवाले बुधबार र बिहीबार थप २ विभागमा ९६ जनालाई मनोनयन गरेपछि पौडेल समूह आक्रोशित बनेक हुन् । सभापति देउवाले पछिल्लो पटक एनपी साउद प्रमुख रहेको शुभेच्छुक संस्था समन्वय विभाग र प्रवक्ता विश्वप्रकाश शर्मा प्रमुख रहेको सूचना, सञ्चार तथा प्रचार विभागमा उपप्रमुख, सचिव र सदस्यहरु मनोनयन गरेका छन ।
यसैबीच, पौडेल समूहले सभापतिका निर्णय फिर्ता गराउन दबाब दिने कार्यक्रम तय गर्न आज आफूनिकट केन्द्रीय सदस्यको बैठक बोलाएको छ । विभाग गठनप्रति सुरुदेखि नै असन्तुष्ट बनेको पौडेल समूहले विभाग गठनका निर्णय खारेज गर्न दबाब दिने कार्यक्रमको रणनीति बनाई सशक्त प्रतिरोधमा उत्रने रणनीति बनाउने तयारी गरेको छ । यसअघि सो समूहले पार्टी केन्द्रीय कार्यालयमै पत्रकार सम्मेलन गरी असन्तुष्टि जनाउँदै सभापति देउवालाई विरोधपत्र बुझाएको थियो ।
त्यसपछि पनि देउवाले विभाग गठनलाई निरन्तरता दिएपछि पौडेल समूह राजीनामादेखि धर्नासम्म दिनुपर्ने निष्कर्षमा पुगेको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]