नेकपाद्वारा क्रान्तिकारीहरुप्रति गरिएको धरपकड तत्काल बन्द नगरे उचित जवाफ दिइने चेतावनी

२०७७ भाद्र २७ गते, शनिबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले आफ्नो सत्ता टिकाउनका लागि क्रान्तिकारीहरुलाई गरिएको धरपकडप्रति खेद जनाउदै यस किसिमको कदम तत्काल बन्द नगरे उचित समयमा जवाफ दिने र त्यसको जिम्मेवारी स्वयं सरकार हुने चेतावनी दिएको छ । सो पार्टीको मेची -कोशी ब्यूरोका इञ्चार्ज प्रतापले आज एक बिज्ञप्ति जारी गर्दै सो चितावानी दिएका हुन्। इञ्चार्ज प्रतापद्वारा जारी बिज्ञप्तिमा भनिएको छ -“भाद्र २७ गते. हाम्रो पार्टीका ताप्लेजुङ्ग जिल्ला सेक्रेटरी कमरेड किशोर लिम्बुलाई विहान ८ः०० बजेको समयमा पार्टी कामको सिलसिलामा फक्ताङ्लुङ गाउपालिका वडा नः ३ तावाबाट फासीवादी ,दलाल केपि सरकारले गिरफ्तार गरेको छ । यस किसिमको धरपकड र गिरफ्तारीको पार्टी घोर भत्र्सना गर्दछ साथै यस विषम परिस्थितिमा पार्टीका नेता कार्यकर्ता माथि धरपकड बन्द गरी विनासर्त मुक्त गर्न माग गर्दछ। “

प्रतिक्रियाहरु

[anycomment]