डा.गोविन्द केसीद्वारा अनसनसुरु

२०७७ भाद्र २९ गते, सोमबार


काठमाडौँ । डा गोविन्द केसी पुन: अनसन वसेका छन् । चिकित्सा शिक्षामा सुधारको माग राख्दै पटक पटक अनसन बसेका डा. केसीले जुम्लाको चन्दननाथ ६ रानिचौरमा रहेको वाविरा मन्दिरमा १९ औ अनसन सुरु गरेका हुन । डा केसीले नेपालीहरुको निःशुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पचुहको सुनिश्चितता र वली सरकारको लुटतन्त्र तानाशाही तन्त्र विरुद्ध जुम्लामा १९ औ सत्याग्रह सुरु गरेको वताएक छन । उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमविविएस लगायतका कार्यक्रम संचालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल पदान गर्नुपर्ने ,गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्टानमा पठन पाठन सुरु गरिनुपर्ने , प्रदेश नं २ र गण्डकी प्रदश तथा डोटी ,डेडेलधुरा, उदयपुर र इलाम, पाचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल प्रक्रिाय अघि बढाइयोस भन्ने मागहरु राखेका छन् । साथै उनले २०७५ साउन १० गते भएको सम्झौता अनुसार चिकित्सा शिक्षा ऐनमा संसोधन नगरिएको र पहिलाको सत्याग्रहका वेला गरिएका सम्झौताहरु अहिलेसम्म पनि सरकारले कायान्वयन नगरेकाले आफु अनसन वस्न वाध्य भएको वताएका छन ।

प्रतिक्रियाहरु

[anycomment]