देउवाको सचिवालयका कर्मचारीमा कोरोना संक्रमण !

२०७७ आश्विन १ गते, बिहीबार

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निजी सचिवालयमा कार्यरत एक जनामा कोरोना पोजेटिभ देखिएसँगै देउवा होम आइसोलेसनमा बसेका छन् । देउवा होम आइसोलेसनमा बसेसँगै आजका लागि तय भएको सत्तारुढ र प्रमुख प्रतिपक्षीबीचको छलफल स्थगित भएको छ । सभापति देउवाको भोलि स्वाब परीक्षण गरिने सहयोगि भानु देउवाले जानकारी दिए । देउवाको कोरोना परिक्षणको रिपोर्ट आएपछि मात्र बैठक बस्ने बताइएको छ । सत्तापक्ष र प्रमुख प्रतिपक्षका शीर्ष नेताबीच संवैधानिक आयोगको रिक्त पदमा नियुक्तिलगायत समसामयिक विषयमा आज छलफल हुने पूर्व निर्धारित कार्यक्रम थियो ।

प्रतिक्रियाहरु

[anycomment]