सर्वोच्चद्वारा बामदेवलाई संवैधानिक जिम्मेवारी नदिन आदेश

काठमाडौं । सर्वोच्च अदालतले हालै राष्ट्रिष्यसभा सदस्य नियुक्त हुनु भएका नेकपा उपाध्यक्ष बामदेव गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले रिट निवेदक र विपक्षी सरकारलाई अन्तरिम आदेशका लागि छलफलमा बोलाउँदै त्यतिन्जेलसम्म गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको हो ।
अधिवक्ता दिनेश त्रिपाठी र बद्रीराज भट्टले दायर गरेको रिटमा सांसद पद यथास्थितिमा राखी मन्त्री नियुक्त गर्नेलगायत अन्य संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको हो ।