शिक्षामन्त्रीद्वारा तत्काल विद्यालय नखाेल्न आग्रह

काठमाडौं । शिक्षा पत्रकार समाजले आयोजना गरेकाे भर्चुअल कार्यक्रममा सम्बाेधन गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले तत्काल विद्यालयहरू नखाेल्न आग्रह गरेका छन । उनले काेराेना भाइरस (कोभिड– १९) को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नु घातक हुने, बरू वैकल्पिक सिकाइ प्रणालीलाई नै प्राथमिकता दिनुपर्ने बताएका छन ।
‘वैकल्पिक सिकाइको कार्यान्वयनमा सञ्चारमाध्यमको भूमिका’ विषयक उक्त छलफलमा मन्त्री पोखरेलले काेराेना जाेखिम कायम रहेसम्म वैकल्पिक सिकाइलाइ नै पाथमिकता दिनुपर्ने बताउदै स्कुलहरूमा सङ्क्रमण देखिएमा नियन्त्रण गर्न कठिन हुने उनकाे कथन थियाे ।
मन्त्री पोखरेलले न्यूनतम सिकाइको सुनिश्चितका लागि सरकारले आकस्मिक कार्ययोजना ल्याई यही असोजको पहिलो साताबाट कार्यान्वयन शुरु गरिसकेकाले सबै स्थानीय तहका सम्बन्धित विद्यालयमा शिक्षकहरुलाई अनिवार्य पुग्नका लागि निर्देशन गरिएको बताए । उनले शिक्षक, अभिभावक र विद्यार्थीको सम्पर्क स्थापितका लागि सामुदायिक विद्यालयमा निःशुल्क र निजी विद्यालयमा सहुलियत रुपमा क्लोज युनिट ग्रुप (सियुजी) मा आबद्ध गराई सञ्चार सहजता बढाइएको जानकारी दिए ।