‘नेपालका वर्तमान समस्या र निकास’ बिषयक अन्तरक्रिया सम्पन्न : ब्यबस्थाको बिकल्पको लागि संयुक्त आन्दोलन छेड्नु पर्नेमा जोड

काठमाडौं । ‘नेपालका वर्तमान समस्या र निकास’ बिषयक भर्चुअल अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। सो अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले वर्तमान सरकार र सत्ताधारी पार्टी जनबिरोधी, प्रतिगामी, बिदेशी इसारामा चल्ने, संबिधान उल्लंघन गर्ने, संबिधान लागू नगर्ने, भ्रष्टाचारमा लीप्त , गरीब जनताको शोषण गर्ने, अहिलेको भोकमरी र गरीबका जीन्दगीका कठिनाइ प्रति संवेदनाहीन, र राजनीतिक गतिबिधि र दलीय स्वतंत्रता बिरोधी भएको र यसबाट देश र जनताको भलो नहुने भएकोले यो ब्यवस्था प्रतिक्रियावादी भएको र त्यसकारण यो सरकार साथै ब्ययस्था को बिकल्पको लागि संसुक्त आन्दोलन छेड्नु पर्नेमा जोड दिएका छन ।
नेपाल मजदूर किसान पार्टी बाहेकका नेपालका लगभग सबैजसो वाम पार्टी र वाम झुकावका नागरिक मंचहरुको ‘नेपालका वर्तमान समस्या र निकास’ बिषयक भर्चुअल अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । देशभक्त तथा जनतांत्रिक मोर्चाका अध्यक्ष सी पी गजुरेलले संचालन गरेको उक्त कार्यक्रममा नेकपा बोल्शेभिकका रबिन्द्र श्रेष्ठ, नेकपा मार्क्सवादीका रामहरि पोखरेल, नेकपा पुष्पलालका अच्युत ज्ञवाली, एम सी सी खारेज अभियानका नारायण शर्मा, राष्ठ्रीय जागरण परिषदका सूर्य रेग्मी, नेकपा संयुक्तका केदार शर्मा, जन समाजवादी पार्टीका सुवास काफ्ले, राष्ठ्रीय जागरण मंचका गुणराज लोहनी, मार्क्सवादी एकता अभियानका संयोजक प्रा. डा. शम्भु कट्टेल, नेकपा का लोक नारायण सुबेदी, राष्ठ्रीय जनमोर्चाका भैरब रेग्मी, नेकपा मसालका नारायण प्रकाश पुरी, नेकपा मालेका सीपी मैनाली , र नेकपा क्रा. माओवादीका राम सिंह सिरीशले लगायतले धारणा व्यक्त गरेका थिए । कार्यक्रमको अन्यमा सीपी गजुरेलले वक्ताहरुका सहमतिका बिषयहरुवारे प्रकाश पारेका थिए । कार्यक्रमको प्राबिधिक संयोजन राजेन्द्र रेग्मीले र जुमको संयोजन डा. शम्भु कट्टेलले गरेका थिए ।