नेपाल, राष्ट्र संघ मानव अधिकार परिषदको सदस्यमा पुन: निर्वाचित

२०७७ आश्विन २८ गते, बुधबार

काठमाडौं । गए राति राष्ट्र संघ मुख्यालयमा भएको मतदानमा नेपाल संयुक्त राष्ट्र संघको मानव अधिकार परिषदको सदस्यमा फेरि निर्वाचित भएको छ । नेपाल एशिया क्षेत्रबाट अर्को कार्यकालका लागि फेरि निर्वाचित भएको परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले बताए ।
यसअघि सन् २०१८ देखि मानव अधिकार परिषदको सदस्य रहँदै आएको नेपाललाई अरु दुई वर्ष सोही भूमिकामा रहेर काम गर्ने मौका मिलेको हो ।
गएराति भएको मतदानमा नेपालले १५० भोट प्राप्त गर्‍यो । अब सन् २०२३ सम्म नेपाल यसको सदस्य रहने छ । मन्त्री ज्ञवालीले नेपाललाई सहयोग गर्ने सबै मुलुकप्रति आभार पनि व्यक्त गरेका छन ।
एशियाबाट नेपालसहित चीन, पाकिस्तान र उजबेकिस्तान निर्वाचित भएका छन् । परिषदमा कुनै एक देश दुई पटकसम्म निर्वाचित हुने व्यवस्था छ ।

प्रतिक्रियाहरु

[anycomment]