राजनितिक व्यवस्था परिवर्तनकाे महासमरकाे नेतृत्व हामी लिन्छाै : नवीन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी अछामकाे अायाेजनामा राष्ट्रघात ,जनघात भ्रष्ट्रचार र काेराेना महामारीमा सरकारकाे नालायकिपनका विरुद्धमा विराेध सभा सम्पन्न गरेकाे छ । पार्टीले जिल्लाकाे ढकारी गाउपालिका ,तुर्माखाद गाउपालिका र पंञ्चदेवल विनायक नगरपालिका मा विराेध प्रदर्शन भएकाे हाे।पंञ्चदेवल विनायक नगरपालिकाकाे पुल्लेताेलामा भएकाे कार्यक्रमका अध्यक्षता नेपाल कम्युनिस्ट पार्टी पंञ्चदेवल विनायक नगरपालिका सचिव किशाेरले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि नेकपा अछाम ईन्चार्ज नवीन रहेका थिए । प्रमुख अतिथिकाे आसनवाट वाेल्दै इन्चार्ज नवीनले अहिलेकाे कम्युनिस्ट नाम गरेकाे सरकार अाफ्नाे सामान्य जिम्मेवारी वाट पन्छिएर जनताकाे स्वास्थयमाथि ठुलाे खेलवाड गरेकाे अाराेप लगाए। उनले ।शिक्षा, स्वास्थ्य, विकाश निर्माणलगायत सवैतिरवाट देश महासंकटमा परेकाले यस्काे निकास अहिलेका संसदिय दल र यिनका नेताहरुवाट सम्भव नभएकाे र यसकाे निकास वैज्ञानिक समाजवादि व्यवस्थावाट मात्र हुने उनले वताए ।कानुनी राज्य भनेर जति व्याख्या गरेपनि जनताले कहिल्यै पनि न्याय नपाउने यदि पाउने भएकाे भए निर्मला पन्तका हत्यारा ,पविनपा २ का वडाअध्यक्ष पदम वहादुर धामिकाे हत्यारा पत्ता लागेकाे खै भनेर प्रश्न गगरे । यस्ता सवैखाले संकटकाे हल अहिलेकाे व्यवस्थावाट नहुने र व्यवस्था परिवर्तनकाे महासमरकाे नेपाल कम्युनिस्ट पार्टीले लिने उनले बताए । कार्यक्रमका अन्य अतिथिमा युवा संगठन नेपालका पश्चिम कमाण्ड ईन्चार्ज तथा जिल्ला सचिवालय सदस्य जिवन ,जिल्ला न्याय विभाग प्रमुख तथा सचिवालय सदस्य प्रकाश लगायतकाे उपस्थिति रहेकाे थियाे ।अविरलकाे स्वागत मन्तव्यवाट सुरु भएकाे कार्यक्रमकाे संञ्चालन विवेकले गरेका थिए ।