नेकपा कञ्चनपुरद्वारा विरोध प्रदर्शन

२०७७ कार्तिक २१ गते, शुक्रबार

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरलेे केन्द्रीय कार्यक्रम अनुसार विरोध प्रदर्शन सम्पन्न गरेको छ । यतिबेला सिङ्गो विश्व र नेपाली जनता कोरोना महामारीको प्रभावले छटपटाइरहेको बेला केपी वली नेतृत्वको सरकार भने राज्यबाट पूरा गर्नुपर्ने न्यूनतम् जिम्मेवारीबाट समेत झनपछि झन् पछाडि हटिरहेको छ ।बिरोध प्रदर्शन कार्यक्रमका प्रमुख अतिथि जिल्ला ईन्चार्ज .सहदेबले कार्यक्रममा बोल्दै जनतालाई कोरोनाको नाममा हुन आउने उपचार खर्च नबेहोरे हामी अझ ससक्त तरिकाले कडा संघर्षमा उत्रने चेतावनी दिएका छन् । विरोध प्रदर्शनमा नेकपाका नेता तथा कार्यकर्ताले “आमनागरिकहरूलाई निःशुल्क स्वास्थ्य परीक्षण र उपचारको व्यवस्था गर ।” “कोरोनाका नाममा कमिसनतन्त्र र व्यापारीकरण बन्द गर ।” “भ्रष्टाचारीलाई कारबाही गर ।” “भारतीय साम्राज्यवादी अतिक्रमण बन्द गर ।” “कालापानीबाट नेपाली सेना फिर्ता जा ।” “नेपाली सार्वभौमिकताको सम्मान गर ।” लगायतका नाराहरु लगाएका छन्।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु