‘महान् अक्टुवर क्रान्ति एक युगान्तकारी परिघटना ’

२०७७ कार्तिक २२ गते, शनिबार

अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले रुसी अक्टोबर क्रान्तिको दिनलाई स्मरण गर्दै त्यो दिनलाई नयाँ युगको अध्याय भएको बताएको छ ।
अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र नेपालका अध्यक्ष हस्तबहादुर केसीले आज एक बिज्ञप्ति जारी गर्दै सो कुरा बताएका हुन्। सन् १९१७ को अक्टोबर २५ अर्थात् नयाँ क्यालेण्डर नोभेम्बर ७ लाई रुसी समाजवादी क्रान्तिको महान दिनको रुपमा लिदैं केन्द्रले संसारमै पहिलो पटक सर्वहारा वर्गको सत्ता स्थापना गरेको र, यस क्रान्तिले नयाँ युगको सूत्रपात गरिदिएको बताएको छ । अध्यक्ष हस्तबहादुर केसीले विज्ञप्तीमार्फत रुसी क्रान्तिको महानतालाई नयाँ शिराबाट आत्मसात गरेर जानु पर्ने समेत बताएका छन ।
यस बिषयमा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हस्तबहादुर केसीद्धारा जारी विज्ञप्तीको पूर्ण बिबरण यस प्रकार रहेको छ – “आज नोभेम्बर ७ । आजको दिन विश्व कम्युनिस्ट आन्दोलनको निम्ति अत्यन्तै महत्वपूर्ण दिन हो । आजकै दिन , अर्थात् रुसमा सर्वहारा वर्गको नेतृत्वमा पुरानो क्यालेन्डर अनुसार सन १९१७ को २५ अक्टुवर नयाँ क्यालेन्डर अनुसार ७ नोभेम्बरमा अक्टोबर समाजवाद क्रान्ति सम्पन्न भयो । रुसी अक्टोबर समाजवादी क्रान्ति एक युगान्तकारी परिघटना थियोे , जसले संसारमै पहिलो पटक सर्वहारा वर्गको अधिनायकत्व स्थापना गरेको थियोे । र, यस क्रान्तिले नयाँ युगको सूत्रपात गरिदिएको थियोे ।
विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले रुसमा सम्पन्न अक्टोबर समाजवादी क्रान्ति साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा सर्वहारा वर्गको नेतृत्वमा सम्पन्न क्रान्ति भएकोले यसको युगान्तकारी महत्व हुनुको साथै यस क्रान्तिले बुर्जुवा जनवादी संसदीय युगको अन्त्य गरि विश्व इतिहास सर्वहारा अधिनायकत्वको युगको रुपमा एक नयाँ अध्यायको थालनी गरिदिएकोले यसको विश्वव्यापी महत्व रहन जानुको साथै विश्व क्रान्तिको लागि सर्वहारा वर्ग र उत्पीडित जनसमुदायलाई नयाँ सम्भावनाका ढोकाहरु उध्घाटित गरिदिनुका साथै यो माक्र्सवादको सफल प्रयोग भएको र यसले विश्वमा समाजवादी क्रान्ति तथा जनवादी क्रान्तिको लागि विश्व सर्वहारा वर्ग र उत्पीडित जनसमुदायको लागि महान् उत्प्रेरणा गरेको थियोे भन्ने निश्कर्ष निकाल्दछ ।
साथै हाम्रो प्यारो संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले आजको युग साम्राज्यवाद र सर्वहारा क्रान्तिको भीषण वर्गसंघर्षको युग भएकोले महान् रुसी अक्टोबर समाजवादी क्रान्तिको थप महत्व रहेको ठहर गर्दछ । “

प्रतिक्रियाहरु

[anycomment]