नेकपाद्वारा भरत खड्कालाई तत्काल रिहा गर्न माग

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी सिन्धुलीले जिल्ला सदस्य भरत खड्काको रिहाईको जोडदार माग गरेको छ। साथै उसले पार्टीविरुद्धका सम्पुर्ण गतिविधी अबिलम्ब बन्द गर्न सरकार र गृह प्रशासनलाई चेतावनी दिदै अन्यथा उत्पन्न परिस्थितीको जिम्मेवार सरकार र गृह प्रशासन स्वयम हुने चेतावनी समेत दिएको छ । सो पार्टीका सिन्धुलीका सेक्रेटरी प्रसिद्धले बिज्ञप्ति जारी गर्दै सो चेतावनी दिएका हुन् ।
या बिषयमा जिल्ला सेक्रेटरी प्रसिद्धद्वारा जारी बिज्ञप्ति यस्तो छ – “हाम्रो महान तथा जनप्रिय पार्टी नेपाल कम्युनिष्ट पार्टी, पढिन्लो समय कोरोना कहरबाट प्रभावित आम नेपाली नागरीकको जिवनस्तरलाई मध्यनजर गर्दै आवश्यक राहत बितरण तथा स्वास्थ्यसंग सम्बन्धीत जनचेतना जगाउँदै निरन्तर जनताको सेवामा अग्रमोर्चामा रहेर काम गरीरहेको सर्वीवदितै छ । तर यो दलाल फाँगीवादी सरकार र यसका गृह प्रशासन भने हाम्रो पार्टीका विरुद्ध गाउँ गाउँमा खानतलासी गर्ने र नेता कार्यकर्ताको गिरफ्तार गर्न तल्लिन देखिएको छ ।

यसैको पछित्लो कढिको रुपमा हाम्रो महान तथा जनप्रिय पार्टी नेपाल कम्युनिष्ट पार्टी सिन्युलिका जित्ला समिती सदस्य क भरत खद्दकालाई यही मिती २०७७/०७/ २३ गते आईतबारका दिन बिहान विरामी भएर घरमै सुतिरहेको अवस्थामा बिनाकारण यो दलाल फाँसीवादी सरकारका गृह प्रशासनद्वारा गिरफ्तार गरीएको छ । हाम्रो पार्टी क भरत खड्काको रिहाईको जोडदार माग गर्दछ र हाम्रो पार्टी विरुद्धका सम्पुर्ण गतिविधी अबिलम्ब बन्द गर्न यो दलाल फाँसीवादी सरकार र यसका गृह प्रशासनलाई चेतावनी दिन चाहन्छौ । अन्यथा उत्पन्न परिस्थितीको जिम्मेवार यो दलाल फाँसीवादी सरकार र यसका गृह प्रशासन स्वयम हुनेछ ।”