नेकपा बैतडीद्वारा विरोध प्रदर्शनसहित विभिन्न कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी बैतडीले जिल्लाका विभिन्न ठाउँमा विरोध प्रदर्शनसहित राजनीतिक वैचारिक कार्यक्रम सम्पन्न गरेको छ । नेकपा बैतडीका जिल्ला सचिव परिवर्तनका अनुसार कोरोना रोकथाममा सरकारको लापरबाही र राष्ट्रियता विरुद्ध भइरहेको गतिविधिका विरुद्ध विरोध प्रदर्शनसहित राजनीतिक तथा सांगठनिक कार्यक्रम गरिएको छ ।
विरोध प्रदर्शन कार्यक्रममा बैतडी जिल्ला सचिव परिवर्तनले सम्बोधन गर्दै सरकारले यस्तो कोरोनाको महामारी फैलिएको बेला जनताको निशुल्क गर्नुको सट्टा उल्टै भ्रष्टाचारमा डुबेको बताउनुभयो । उहाँले राष्ट्रियता कमजोर हुँदै गएकोले यसको रक्षाका लागि क्रान्तिकारी शक्तिले एकजुट हुनु पर्ने बताउनु भएको छ । सचिव परिवर्तनले जनतालाई पुर्ण रूपमा कोरोनाको उपचार खर्च नबेहाेरे अझै सशक्त तरिकाले संर्घषमा उत्रने चेतावनी दिनुभयाे ।
विरोध प्रदर्शनमा नेकपाका नेता कार्यकर्ताले आम नागरिकलाई निशुल्क स्वास्थ्य परिक्षण र उपचारको ब्यबस्था गर, कोरोनाको नाममा कमिसनतन्त्र र ब्यापारीकरण बन्द गर,भारतिय साम्राज्यवादी अतिक्रमण बन्द गर, कालापानीबाट भारतीया सेना फिर्ता गर, नेपाली सार्वभैमिकताको रक्षा गर, भ्रष्टाचारी दलालहरु खबरदर, एकिकृत जनक्रान्ति जिन्दावाद, लगायतका नाराहरु लगाएका थिए । नेकपाले सधैँ जनता र राष्ट्रियताको लागि निरन्तर डटिरहने प्रतिबद्धता जाहेर गरेका छ्न् ।
यसैबीच उक्त पार्टीले जिल्लाकाे विभिन्न ठाउँमा वालिङ, पोस्टर बितरण, कोणसभा, संगठन विस्तार, स्कुलिङ तथा प्रशिक्षण कार्यक्रम समेत सम्पन्न गरेकाे छ ।