युवा नेता थापाद्वारा एकीकृत जनक्रान्तिमा निरन्तर लाग्ने उदघोष

काठमाडौं । प्रवास नेपाली भारत जनसमाज हिमाचल राज्य समिती सदस्य .जनकबहादुर थापाले बैज्ञानिक समाजवाद नेपाली जनताको लागि उत्तम र उत्कृष्ट ब्यवस्था भएको कारण दलाल संसदीय ब्यवस्थाको बिकल्प बैज्ञानिक समाजवाद भएको घोषणा गर्दै आजैबाट एकीकृत जनक्रान्तिको महान अभियानमा निरन्तर लाग्ने उद्घोष गरेका छन । उनले आवश्यक परे नेपाली जनता उत्पीडित समुदायको अधिकारको लागि बलिदान गर्न समेत संकल्प समेत गरे । उनले दस बर्षे जनयुद्द र विभिन्न मुक्तिगामी आन्दोलनमा सहभागी भै सोति हत्याकाण्डको बिरुद्द्मा निरन्तर संघर्षको अगुवाई समेत गर्दै आएका छन । उनले अहिलेको ब्यबस्थावाट मुक्ती संम्भव नभएको कारण आफू नयाँ जनताको राज्य ब्यवस्था बैज्ञानिक समाजवाद प्राप्तिको यात्रामा जुटेको घोषणा गरेका छन । सोही कार्यक्रममा अखिल (क्रान्तिकारी) जाजरकोटका जिल्ला अध्यक्ष बिराजन शाहीले नेता थापा स्वागत गरेका थिए ।