नेकपाद्वारा सहिदको घरमा जनश्रम

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी कास्कीले सहिदको घरमा जनश्रमदान गरेको छ । जनतासँग प्रत्यक्ष जोडिएर काम गर्दै आईरहेको नेपाल कम्युनिस्ट पार्टी कास्कीले सेक्रेटरी विस्वासको नेतृत्वमा यसपटक तत्कालिन जनयुद्धका सहिद बिजयराज बास्तोलाको घरमा पुगेर दाइँ हाली धान थन्क्याएर सहयोग गरेको हो । जनश्रमदान गर्दै नेकपा कास्की जिल्ला सेक्रेटरी विस्वासले सहिद, बेपत्ता र घाईतेहरु साथै आम जनताको बिचमा रहेर जनताको हरेक क्रियाकलापमा रही काम गर्ने र जनश्रमदान गर्दै अघि बढ्ने बताए । उनले कम्युनिस्ट पार्टीका नेता, कार्यकर्ता श्रमसंग अनिवार्य जोडिनुपर्नेमा समेत जोड दिए ।

सहिद बिजय राज बास्तोला बाबू कृष्ण बिलास बास्तोला र आमा कृष्णकुमारी बास्तोलाको कोखबाट २०२५ भदौ २१ गते साविक सिद्द गाबिस १, टाकान्जा कास्कीमा जन्मेका थिए । जनयुद्दमा तत्कालिन शाही नेपाली सेनाद्वारा अन्य साथीहरुसहित गिरफ्तारपछि बिजयराज बास्तोला क. अजितलाई निर्मम हत्या गरेको थियो । २०६१ साल असार १६ गतेका दिन उहाँको हत्या भएको हो ।
यसैबीच नेपाल कम्युनिस्ट पार्टी, तनहुँको आयोजनामा तनहुँ जिल्लाका विभिन्न स्थानमा श्रमदानमा जुटिरहेको छ खबर प्राप्त भएको छ ।