नेकपाकाे अभियान टाेलिद्वारा कर्णाली मा.वि.मा बेञ्च निर्माण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीद्वारा संचालित राजनीतिक अभियान टाेलिले विद्यार्थीहरुलाई फिल्डमा बसेर परीक्षा दिने अवस्थालाई मध्यनजर गर्दै कालिकाेट जिल्लाकाे पलाता गाउँपालिकाकाे एक विद्यालयमा ३ दिन श्रमदान गरि डेस्क बेञ्च निर्माण कार्य सम्पन्न गरेको छ । सो टाेलिका कमाण्डर एवम् दलित मुक्ति माेर्चा नेपालका सचिवालय सदस्य भेरी कर्णाली क्षेत्रिय संयाेजक पदम वि.क. ‘साहसी’ काे नेतृत्वमा साविककाे खिन गाविसकाे कर्णाली माध्यमिक विद्यालयमा ३ दिन श्रमदान गरि बेञ्च निर्माण र ढुवानी कार्य भएको हो ।
कर्णाली माध्यमिक विद्यालयकाे कक्षा ११/१२ काे परीक्षा संचालनकाे तयारीकाे लागि यहीँ कात्तिक २७ गतेकाे भएको अभिभावक भेलाले विद्यालयमा श्राेत नभएपछि श्रमदानबाट बेन्च निमार्ण गर्न अभिभावककाे अाग्रहमा नेकपाले साेहि निर्णय अनुसार उक्त निर्माण कार्य गरेकाे बताएको छ ।
विद्यार्थीहरुलाई फिल्डमा बसेर परीक्षा दिने अवस्थालाई मध्य नजर गर्दै साे पार्टीकाे अभियान टाेलिले श्रमदान गरि बेन्च डेस्क निर्माण गरेपछि विद्यार्थीहरु भित्रै बेञ्चमा बसेर परीक्षा सहज रूपमा दिन पाउने गरि सहज वातावरण बनाएकाे छ ।

कर्णाली माध्यमिक विद्यालयका अभिभावकहरुले नेकपाकाे अभियान टाेलीले श्रमबाट जनताकाे र संस्थाकाे हरेक समस्यासँग साथ दिएकाेमा अाभारसहित धन्यवाद दिदै अाएका छन् ।
जनताले पलातामा सरकार भएपनि स्थानीय सरकार र प्रतिनिधिले जनताकाे र जनताका दैनिकि सेवा दिने संस्थाकाे निम्ति काम नगरेर प्रतिनिधिकाे पाेल्टाे भर्ने गरेकाे जनताले अाराेप सहित सरकारप्रति निराशा व्यक्त गरे । त्यस्तै पलाताकाे स्थानिय सरकारका प्रतिनिधिले बजेट बह्मलुट मच्चाएकाे भन्दै स्थानीयले याे पार्टीले भ्रष्टचारी जनप्रतिनिधिलाई कार्वाहि गर्नुपर्ने अभियान टाेलिलाई सुझाव दिएका छन् । अाैलाखाेला जल विद्युत, सल्लीकाेट खानेपानी, लकडाउनमा बालबालिका पढाउने देखि यो पार्टीले गरेको जनपक्षिय कामले स्थानीयहरु खुशी व्यक्त गर्दै धन्यवाद दिएका छन् ।
अहिलेका स्थानिय सरकारका प्रतिनिधि वडा नम्बर ४ का अध्यक्ष ऐनरा महतारा, जिल्ला समन्य समितिका सदस्य अनन्त विक, अध्यक्ष रहेकाे साे विद्यालयमा हालसम्म केही नगरेकाे र बरु विद्यालयबाट सुविधा लिएकाे जनताले प्रतिकृया दिए । स्थानिय साधन श्राेत, श्रम, सिपबाट जनताले संचालन गरेकाे दुखेसाे व्यक्त गरे ।
भाैतिक संरचनादेखि शैक्षिक सामाग्री अभावमा स्थानिय शैक्षिक सामाग्री विद्यालयले प्रयाेग गरेर शिक्षण गरिरहेकाे छ भने समयमा पलाताका शिक्षक चाैमासिक तलव खान पउदैनन्, यसबाट टाढा टाढाका शिक्षकलाई गाह्राे भएकाे शिक्षकहरुकाे गुनासाे एक शिक्षकले बताए ।
कर्णाली माध्यमिक विद्यालयका विद्यार्थीहरु नेकपाकाे राजनीतिक अभियानकर्मीद्वारा जनश्रमदानबाट बेन्च निर्माण भएपछि अहिले हर्सित भएका छन् ।