दलित मुक्ति मोर्चाद्वारा काभ्रे जिल्ला अध्यक्ष रमेश नेपालीको सदस्यता खारेज

काठमाडौं । दलित मुक्ति मोर्चा नेपालले लामो समय देखि शंकाको घेरा र निगरानीमा रहेका मोर्चाको काभ्रे जिल्ला अध्यक्ष रमेश नेपाली वैचारिक रुपमा विचलन र पलायन भएका कारण मोर्चाको सम्पूर्ण जिम्मेवारी बाट हटाई साधारण सदस्य समेत नरहने गरि निश्कासन गरिएको जनाएको छ । दलित मुक्ति मोर्चा नेपालका केन्द्रीय समितिका अध्यक्ष डम्बरबहादुर बिश्वकर्माले आज एक बिज्ञप्ति जारी गर्दै सो कुरा बताएका हुन् ।
यसैगरी , अध्यक्ष बिश्वकर्माले मोर्चाका केन्द्रीय समिति सल्लाहकार सदस्य ज्योतिलाल बिश्वकर्माको जीवन संगीनी इन्द्रावती बिश्वकर्माको यही मंसीर १५ गते बिहान ६९ वर्षको उमेरमा रुपन्देही बुटवलमा भएको निधनले अत्यन्तै मर्माहत एवं दुखित भएको बताउदै गहिरो दुख प्रकट गर्दै मृतक प्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा यो दुखको घडीमा धैर्य धारण गर्ने शक्ति प्रदान होस भन्ने कामना गर्दै गहिरों’ समवेदना समेत व्यक्त गरेका छन ।
यस बिषयमा दलित मुक्ति मोर्चा नेपाल केन्द्रीय समितिका अध्यक्ष डम्बरबहादुर बिश्वकर्माले जारी गरेको बिज्ञप्ति यस्तो छ – “हाम्रो गौरवशाली संगठन दलित मुक्ति मोर्चा नेपालका केन्द्रीय समिति सल्लाहकार सदस्य ज्योतिलाल बिश्वकर्माको जीवन संगीनी इन्द्रावती बिश्वकर्माको यही मंसीर १५ गते बिहान ६९ वर्षको उमेरमा रुपन्देही बुटवलमा भएको निधनले हामी अत्यन्तै मर्माहत एवं दुखित भएका छौं । लामो समय देखि दिर्घ रोधबाट पीडित उहाँ आफनो श्रीमानको पारिवारिक र घरायसी मात्र होईन प्रत्येक राजनीतिक र सामाजिक कामको पनि सहकर्मी हुनुहुन्थ्यो । दलित मुक्ति आन्दोलनका साथसाथै सिङ्गो कान्तिकारी कम्युनिष्ट आन्दोलनका एक जना हितैशीको मृत्युले आन्दोलनमा अपूरणीय क्षती हुन गएको छ। उहाँको निधन प्रति हामो मोर्चा गहिरो दुख प्रकट गर्दै मृतक प्रति हार्दिक श्रद्धान्जली व्यक्त सर्दछ । साथै शोकसन्तप्त परिवारजनमा यो दुखको घडीमा धैर्य धारण गर्ने शक्ति प्रदान होस भन्ने कामना गर्दै गहिरों’ समवेदना व्यक्त गर्दछौं ।
यसैबिच, लामो समय देखि शंकाको घेरा र निगरानीमा रहेका हाम्रो मोर्चाको काभ्रे जिल्ला अध्यक्ष रमेश नेपाली वैचारिक रुपमा विचलन र पलायन भएका कारण मोर्चाको सम्पूर्ण जिम्मेवारी बाट हटाई साधारण सदस्य समेत नरहने गरि निश्कासन गरिएको छ।”
