पूर्व राजदूत कमानसिंह लामाको निधन

२०७७ मंसिर २५ गते, बिहीबार


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा दक्षिण कोरियाको लागि पूर्व नेपाली राजदूत कमानसिंह लामाको कोरोना संक्रमणका कारण बुधबार राति त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको छ । उनको दुई सातादेखि सोही अस्पतालमा उपचार भैरहेको थियो । लामालाई प्रेसर, सुगरको समस्यासँगै मृगौला सम्वन्धी समस्या पनि थियो । उनी २०४८ सालमा तत्कालिन संयुक्त जनमोर्चा, नेपालको तर्फबाट काभ्रेबाट सांसदमा निर्वाचित भएका थिए । उनी सन् २०१२ देखि १६ सम्म दक्षिण कोरियाको राजदूत भएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु