नेकपा कालिकोटद्वारा राजनितिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी कालिकोटको एरिया नम्बर १ मा राजनितिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । एरिया इन्चार्ज कमल बटालाको अध्यक्षता जिल्ला ईन्चार्ज बिराटको प्रमुख अातिथ्यता, ब्युरो सदस्य बलवान्, जिल्ला सेक्रेटरी रणदिप, जनसरकार प्रमुख अर्जुन, सचिवालय सदस्य राधिका लगायतका नेता कार्यकर्ताहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा रुप्सा कुमालगाउ, कोडबाडा, लालु र माल्कोटका पार्टी सदस्यहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी बिराटले दलाल संसदिय ब्यबस्थाको विकल्प न त राजतन्त्र न त कांग्रेसतन्त्र यसको विकल्प बैज्ञानिक समाजवाद हुने ठोकुवा गरे । मालेमावादकाे असली रक्षक मात्र हैन विकासका संबाहक हामी र हाम्रो पार्टी हाे भन्दै उनले क्रान्तिमा हुने दमनको प्रतिरोधका लागि तयार रहन निर्देशन समेत दिए । जिल्ला सेक्रेटरी रणदिपले जिल्लाको बैठकका योजना सम्प्रेषण गर्नुका साथै सुदृढ पार्टी निर्माण गर्ने दायित्व बहन गर्ने बेला अाएको बताए । साथै ब्युरो सदस्य बलवान्ले कालिकोटको पार्टीले एकीकृत जनक्रान्तिले सुम्पेको अभिभारा पुरा गरेको र निरन्तर गर्नेमा अाफु विश्वस्त रहेको बताए । उक्त प्रशिक्षणमा करिव २५० कार्यकर्ताको सहभागीता रहेेेेकाे थियो ।