‘कमानसिं लामाले आफ्नै नेताबारे लेखेका कुरा निकै गम्भीर : कुतर्क गरेर क्षमा हुनै सक्दैन’

२०७७ मंसिर २६ गते, शुक्रबार


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले कमानसिं लामाले आफ्नै नेताबारे लेखेका कुरा निकै गम्भीर भएको बताएका छन । भनिन्छ, मृत्युशैय्यामा रहेको मान्छेले झुटो बोल्दैन तसर्थ मृत्यु अघि लामाले लेखेका कुरा निकै मार्मिक रहेको उनको भनाई छ ।
भट्टराइले आज ट्विट गर्दे बह्नेका छन – “भनिन्छ-मृत्युशैय्यामा रहेको मान्छेले झुटो बोल्दैन।मृत्युशैय्याबाट कमानसिं लामाले आफ्नै नेताबारे लेखेका कुरा निकै गम्भीर र मार्मिक छन्ज तिसुकै तर्क/कुतर्क गरेपनि नैतिक पतनको प्रश्न देशको शीर्षनेतृत्वमा रहने जुनसुकै व्यक्तिकानिम्ति क्षम्य हुनसक्दैन।चेतना भया ! “
नेकपा केन्द्रीय सदस्य तथा पूर्व सांसद लामाले निधन हुनुभन्दा केही दिनअघि फेसबुकमा लामो स्टाटस लेखेका थिए । नेताहरुले आफूलाई बर्बाद बनाएको र आफ्नै कान्छी श्रीमतीले समेत जीवनको अन्तिम अवस्थामा आएर धोका दिएको उनले उल्लेख गरेका थिए । को नेता भन्ने लामाले नखुलाए पनि बिहीबार नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले हाइड्रो पावरको सेयर विवादमा संवाद गरेको भिडियो बाहिरिएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु