काँग्रेस केन्द्रीय समिति बैठक बस्दै

२०७७ पुष ७ गते, मंगलवार


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा मुलुकको पछिल्लो राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेपछि कांग्रेस विरोधमा छ । उसले यहि विषयमा हिजो सर्वदलीय बैठक आह्वान गरेर छलफल गरेको थियो । आजको केन्द्रीय समिति बैठकले ओलीको कदम विरुद्ध कुन स्वरुपमा आन्दोलन गर्ने भन्नेबारे तय हुने बताईएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु