जसपा देशभर विरोध प्रदर्शन गर्दै

काठमाडौं । जनता समाजवादी पार्टी ‘जसपा’ले आज देशभर विरोध प्रदर्शन गर्ने जनाएको छ । प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक भएको भन्दै जसपाले विरोध प्रदर्शन आयोजना गरेको बताइएको छ । आज सबै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गरिने सो पार्टीले जनााएको छ । जसपाको मंगलबारको बैठकले पुस १० गते राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, ११ गते सबै जिल्ला सदरमुकाममा मसाल जुलुस र १२ गते केन्द्रीकृत जनप्रदर्शन गर्ने निर्णयपनि गरेको छ । जसपाले प्रतिनिधिसभाको बैठक बोलाउन सभामुखलाई आग्रह समेत गरेको छ ।