नेकपाद्वारा मकर गुरूङप्रति श्रद्वाञ्जली

२०७७ पुष ९ गते, बिहीबार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले सो पार्टीका पूर्व केन्द्रीय सदस्य मकर गुरूङको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ। सो पार्टीका महासचिव विप्लवले बुधबार एक वक्तव्य प्रकाशित गर्दै गुरूङको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् । महासचिव विप्लवले गुरूङले क्रान्तिकारी आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै गुरूङको निधनले पार्टी शोकमग्न भएको र गुरूङले जीवभर कायम राख्नुभएको निष्ठा, क्रान्ति र परिवर्तनप्रतिको प्रगाढ आस्था र विश्वास सदा स्मरणीय रहेको बताएका छन् ।
महासचिव विप्लवले गुरुङप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकूल परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् । गुरूङको पुष ७ गते निधन भएको थियो । गुरुङ २००३ साल भदौ ५ गते तेह्रथुममा जन्मेका थिए । गुरूङ झापा विद्रोहबाट प्रभावित भएर तत्कालीन नेकपा मालेमा संगठित भएका थिए । उनी २०५८ सालमा तत्कालीन नेकपा माओवादीमा समाहित भएका थिए । शान्तिप्रक्रियामा उनी क्रान्तिकारी पक्षधरता लिदै उनी पछिल्लो पटक नेकपामा रहेका थिए । नेकपामा उनी जनगणतान्त्रिक मञ्चको इन्चार्ज रहेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु