जनसत्ताद्धारा गाउँपालिकाका अध्यक्षसंग सोधपुछ

२०७७ पुष १९ गते, आईतवार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको जनअदालतले अछाम जिल्लाको ढकारी गाउँपालिका अध्यक्ष धनबहादुर बुढासग बयान लिएको छ । कोरोना संकटको बेला गाउँपालिकाले खर्च गरेको १ करोड ४९ लाखको हिसाब किताबमा व्यापाक भ्रष्टाचार र अनियमितता गरेको भन्दै जिल्ला जनअदालते बयान लिएको हो । जनसत्ताले बुढालाई यसको खर्च विवरण र विकास निर्माणमा भएका खर्च वितरण प्रस्तुत गर्न अनुरोध गर्दा अस्वीकार गर्दै आएपछि अध्यक्ष बुढालाई बयान लिएको हो ।गाउँपालिकामा कोरोना महामारीको बेला भ्रष्टाचार गरेको व्यापक जनगुनासो आएपछि जनअदालतले पटक पटक बुढालाई स्पष्ट पार्न अनुरोध गर्दै आएको थियो । बयानको क्रममा १५ दिनभित्र सम्पूर्ण आयव्यय प्रस्तुत गर्ने सहमति भएको नेकपा अछामले बताएको छ ।
यस बिषयमा । नेपाल कम्युनिस्ट पार्टी अछामले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ – “हाम्रो महान तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी जनताको जजनजिविका , जनतन्त्र र राष्ट्रियताको विषय सदैव अग्र भागमा संघर्षरत रहेको कुरा सर्थविदितै छ।
अछामको ढकारी गाउँपालिकामा कोरोना महामारी नियन्त्रणका नाममा व्यापक हिनामिना भएको जनगुनासो पश्चात्‌ जन.अदालतबाट खर्चको आय व्यय गर्न पटक पटक भनिएको थियो। हाल सम्म पनि सो नभएको हुँदा आज मिती २०७७/०९/१७ गतेका दिन बिहान १० बजे तिर ढकारी गाउँपालिका अध्यक्ष धन ब. बुढालाई कोरोना महामारीको नाममा भएको झन्डै १ करोङ ४९ लाख रकमको सत्यतथ्य आय व्यय प्रस्तुत गर्न र अन्य बिकास निर्माणका कार्यहरूमाभै रहेको भरषटाचार र ढिलासुस्ती बारे जिल्ला जनअदालतमा बोलाई
सोधपुछ गरिएको छ । गाउँपालिका अध्यक्ष द्वारा १५ दिनभीत्र कोरौना महामारी नियन्त्रणको नाममा खर्च भएको रकमको आय व्यय प्रस्तत गनुका साथै अन्य जनगुनासो पनि हल गर्ने प्रतिबद्धता गरिएको कुरा यसैबिज्ञप्ति मार्फत सम्प्रेषण सोध गर्दछौ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु