जनपत्रकार संगठनका अध्यक्ष गिरफ्तार

काठमाडौं । जनपत्रकार संगठन नेपालका अध्यक्ष समेत रहेका संश्लेषण मासिकका संवाददाता शेरबहादुर विश्वकर्मालाई प्रहरीले गिरफ्तार गरेको बताइएको छ । सादा पोशाकमा गाडीमा आएका पाँ-छ जनाको टोलीले उनलाई चक्रपथको महाराजस्थित नारायणगोपाल चोकबाट हिजो (सोमबार) दिउँसो झण्डै ३ बजेको समयमा गिरफ्तार गरेको जनाइएको छ ।
गिरफ्तारपछि उनको अवस्था अज्ञात बनाइएको र उनको अवस्थाबारे परिवारलाई समेत जानकारी नदिइएको परिवार स्रोतले जनायो ।