प्रहरी निरीक्षक गायत्रीराज शर्मा निलम्बित

काठमाडौं। गृह मन्त्रालयले महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी निरीक्षक गायत्रीराज शर्मालाई निलम्बन गरेको छ । घुस लिएको अभियोगमा उनलाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले निलम्बन गरेको हो । सेवाग्राहीको मुद्दा मिलाइदिने भन्दै १५ हजार रुपैयाँ लिएको आरोप उनलाई लागेको छ । शर्माले भने आरोप अस्वीकार गर्दै आएका छन् । कलंकीमा भएको एउटा सवारी दुर्घटनामा उनले रकम मागेको प्रहरीले जनाएको छ । छानविनका लागि उनलाई निलम्बन गरिएको बताइएको छ ।