विज्ञापन संघको अध्यक्ष सोम धिताल

२०७७ पुष २६ गते, आईतवार

काठमाडौं । नेपाल विज्ञापन संघ (आन)को अध्यक्ष सोम धिताल चयन भएका छन । आनको २१ औं साधारण सभाले सोम धितालको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । हिजो सम्पन्न सो साधारण सभाले तीन वर्षका लागि धितालको नेतृत्वका लागि नयाँ कार्यसमिति पनि चयन गरेको हो । संघको विधानअनुसार बरिष्ठ उपाध्यक्ष सोमप्रसाद धिताल स्वतः अध्यक्ष बन्नुभएको छ । साधारणसभाले उहाँलाई निर्विरोध अध्यक्षको घोषणा गरेको हो ।
निर्वाचित भएपछि धितालले कोभिडका बाबजुद पनि बजार चलायमान रहेको र सबै सरोकारवालाको सहकार्यमा छिटै नै कोभिडको प्रभावबाट पार पाउने बताए । महासंघको महासचिव कृष्ण घिमिरे, द्धितिय उपाध्यक्षमा पिताम्बर पोखरेल विजयी भएका छन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु