जनअधिकार अभियानद्वारा प्रहरी दमनको बिरोध

काठमाडौँ । जनअधिकार अभियान नेपालले संसद विघटन तथा काठमाडौंस्थित कमलपोखरीको पुनःनिर्माणको विषयलाई लिएर मानवअधिकारकर्मी, नागरिक समाज, बुढिजीवी, वकील, पत्रकार, शिक्षक, व्यवसायी, लेखक लगायतले विरोध स्वरुप शान्तिपूर्ण प्रदर्शन गरिरहेको अवस्थामा सुरक्षाकर्मीहरुबाट प्रर्दशनमा सहभागी व्यक्तिहरुलाई अन्धाधुन्द लाठ्ठी प्रहार गरी, पानीका फोहरा हानी थुप्रै व्यक्तिहरुलाई घाइतै बनाइ मानवअधिकार उल्लघन तथा लोकतन्त्र विरौधी कार्य गरेको सरकारको कार्य प्रति गम्भिर ध्यानाकर्षण भए भन्दै राज्यको तर्फबाट गरिएको मानवअधिकार विरोधी कार्यले मानवअधिकारका विश्वव्यापी मूल्यमान्यताको तथा नेपालको संविधानले प्रत्याभूत गरेको मौलिक हक समेतको ठाडो उल्लघन गर्दै बर्बर दमन गर्ने सरकारी रबैया प्रति घोर भत्सना एवं निन्दा गरेको छ । अभियानका अध्यक्ष एकराज भण्डारीले आज एक बिज्ञप्ति जारी गर्दै सो भत्सना एवं निन्दा गरेका हुन् ।
यस बिषयमा जनअधिकार अभियान नेपालका अध्यक्ष एकराज भण्डारीले जारी गरेको बिज्ञप्ति यस्तो छ – “मिति २०७७ साल माघ १२ गते काठमाडौं, बालुवाटार, प्रधानमन्त्री निवास नजिकै संसद विघटन तथा काठमाडौं स्थित कमलपोखरीको पुनःनिर्माणको विषयलाई लिएर मानवअधिकारकर्मी, नागरिक समाज, बुढिजीवी, वकील, पत्रकार, शिक्षक, व्यवसायी, लेखक लगायतले विरोध स्वरुप शान्तिपूर्ण प्रदर्शन गरिरहेको अवस्वामा सुरक्षाकर्मीहरुबाट प्रर्दशनमा सहभागी व्यक्तिहरुलाई अन्धाधुन्द लाठ्ठी प्रहार गरी, पानीका फोहरा हानी थुप्रै व्यक्तिहरुलाई घाइतै बनाइ मानवअधिकार उल्लघन तथा लोकतन्त्र विरौधी कार्य गरेको सरकारको कार्य प्रति यस जनअधिकार अभियान नेपालको गम्भिर ध्यानाकर्षण भएको छ । यसरी प्रहरीले दमन गर्दा धेरै व्यक्तिहरु घाइतै भई अस्पतालमा भर्ना भई उपचारको क्रममा छन् । शान्तिपूर्ण विरोध कार्यक्रममा सहभागीमाथि यसरी निर्मम तरीकाको राज्यको तर्फबाट गरिएको मानवअधिकार विरोधी कार्यले मानवअधिकारका विश्वव्यापी मूल्यमान्यताको तथा नेपालको संविधानले प्रत्याभूत गरेको मौलिक हक समेतको ठाडो उल्लघन गर्दै बर्बर दमन गर्ने सरकारी रबैया प्रति जनअधिकार अभियान नेपाल घोर भत्सना एवं निन्दा गर्दछ ।
यसै सन्दर्भमा देशका विभिन्न जिल्लामा राजनीतिक आस्था र विचारको आधारमा मानिसहरुलाई पक्राउ गर्ने, अदालतका आदेश तथा बन्दी्रत्यक्षीकरणको आदेशबाट थुनामुक्त गर्नु भनेका मानिसलाई पनि अदालतको गेटबाटै पुनः पक्राउ गर्ने कार्यको समैत जनअधिकार अभियान नेपाल घौर विरोध गर्दछ। नागरिकको आस्था र विचार राख्न पाउने, शान्तिपूर्ण विरोध प्रर्दशन गर्न पाउने लगायतका आधारभूत मौलिक हकको संरक्षण गर्नुपर्ने दायित्व भएको सरकारले नै गरेका यस किसिमका हर्कतपूर्ण कार्यहरु मानवअधिकार विरोधी तथा गैर जिम्मेवारीपूर्ण छन् । उक्त घटना प्रति दुःख व्यक्त गर्दै घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याई घाइतेहरुको निःशुल्क उपचार तथा क्षतीपूर्ति सरकारको तर्फबाट उपलब्ध गराउन जनअधिकार अभियान नेपाल सरकार समक्ष जोडदार माग गर्दछ ।”
